काठमाडौं स् त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायमा डीन नियुक्त गरेको छ । विश्वविद्यालय कार्यकारी परिषदको शनिबार बसेको बैठकले ८ संकायमा डीन नियुक्त गरेको हो । जसमा मानविकी तथा सामाजिकशास्त्र संकायमा प्रा.डा. दुबिनन्द ढकाल, इन्स्टिट्युट अफ मेडिसिनमा प्रा.डा. मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल डीन नियुक्त भएका छन् ।
यसैगरी शिक्षाशास्त्र संकायमा प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिस, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशिल बहादुर ब्रर्जाचार्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा.शंकर खनाल डीन नियुक्त भएका छन् ।
साझा अर्थ संवाददाता