पात्रो

रेडियो

समाचार खोजी

पुँजि बजार सम्बन्धमा स्क्रिप्ट तोकेरै सांसदहरुले अभिब्यक्ति दिनु खेदजनक

अभिब्यक्ति दिनेहरुबाट क्षतिको अशुल उपर गराउन माग

साझा अर्थ संवाददाता २३ साउन २०८१, बुधवार

काठमाडौँः पुँजी बजारमा संलग्न विभिन्न संस्थाहरुले विगत केही दिन देखि पुँजिबजार सम्बन्धमा केही सांसदहरुले स्क्रिप्ट तोकेरै  अभिब्यक्ति दिनु खेद जनक भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । पुँजि बजारसँग सम्बन्धीत चारवटा संस्थाले बुधवार(आज) सांसदहरुको  अभिब्यक्ति प्रति खेद ब्यक्त गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन् । 
जनरल ईन्भेष्टर एशोसियसनका अध्यक्ष  दिपक दिपक कार्की, नेपाल शेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानी संघका अध्यक्ष प्रकाश रजौरे तथा साधारण लगानी कर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा माग र आपूर्तिको आधारमा चल्ने पुँजि बजारलाई कसैको प्रभावमा  सांसदहरु प्रकाशसरण महत, अमरेस कुमार सिंह, राजन दहाल लगायतले पुँजि बजार सम्बन्धमा स्क्रिप्ट को नाम नैं तोकेर  अभिब्यक्ति  दिएको प्रति खेद ब्यक्त गरिएको छ । 
विज्ञप्तिमा पुँजिबजार सम्बन्धमा सार्वजनिक पदधारण गरेका ब्यक्तिहरुबाट जथाभावी अभिब्यक्ति दिनेकाम बन्द गर्न माग गरिएको छ । साथै त्यस्ता अभिब्यक्ति दिनेहरुमाथी छानविन गरी कारवाही गर्न पनि माग गरिएको छ ।  साथै उनीहरुको अभिब्यक्तिबाट लगानीकर्ताहरुको दुई खर्ब भन्दा बढी क्षति भएकोले अभिब्यक्ति दिनेहरुबाट अशुल उपर गराउन समेत माग गरिएको छ ।

235 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता