आज आइतबार सुनको भाउ प्रतितोला दुई हजार दुई सय घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ५० हजार ८ सय रुपैयाँमा झरेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २९ हजार २ सय ८५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ४० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ७७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता