काठमाडौंः लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलबार अवरुद्ध भएको भक्तपुर-नगरकोट सडक सञ्चालन सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ को मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो सञ्चालनमा आएको हो ।
सडक खण्डको पहिरो पन्छाएपछि सवारी साधनको आवागमन सुचारु भएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो । सडक सञ्चालनमा आएपनि पहिरोको जोखिम भने कायम रहेको उहाँको भनाई रहको छ । भीषण वर्षाका कारण चाँगुनारायण क्षेत्रका धेरै घर जोखिममा परेका र सडकमा पहिरो खस्ने, भासिने घटना बढीरहेको चागुनारायण गाउँपालिकाले जनाएको छ ।
साझा अर्थ संवाददाता