काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गत आर्थिक बर्षको यहि अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशत बढेको हो ।
गत आवको सोही अवधिमा यो वृद्धिदर २२.५ प्रतिशत थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ, जुन गत आव ३ अर्ब ६० करोडभन्दा उच्च हो।
वैदेशिक रोजगारीतर्फ, अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ४७ हजार ४ सय ७८ रहेको छ, जसमा अघिल्लो वर्षको १ लाख ३७ हजार ४ सय ७५ को तुलनामा वृद्धि देखिएको छ।
पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ९४ हजार १ सय ५ मा पुगेको छ, जुन अघिल्लो वर्ष ६८ हजार ८ सय ४१ थियो। यस वृद्धिले विदेशमा कार्यरत नेपाली श्रमिकको योगदान र विप्रेषणको महत्व अझै बलियो भएको देखिन्छ।
साझा अर्थ संवाददाता