काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिलको बैठकले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि आगामी पुस १८ गते सातौं वार्षिक साधारण सभा चितवनको होटल स्टारमा दिउँसो २ः३० बजे शुरु हुनेछ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै गत आर्थिक वर्ष ०८०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि पारित गर्नेछ ।
साझा अर्थ संवाददाता