काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ कायम भएको छ । यो सँगै पछिल्लो तीन दिनमा सुनको मुल्यमा चार हजार पाँच सय रुपैयाँ बृद्धि भएको छ । यसअघि सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला ४०० र २१ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारेबार भईरहेको छ ।
साझा अर्थ संवाददाता