पात्रो

रेडियो

समाचार खोजी

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओमा राणा

साझा अर्थ संवाददाता २५ मंसिर २०८१, मङ्गलवार

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् । यससँगै राणा बैंकको पहिलो नेपाली सीइओ बनेका छन् ।

राणा दिवंगत राजा वीरेन्द्र शाहका ज्वाई हुन् ।

अरिनब घोष दस्तिदरको कार्यकाल सकिएपछि राणालाई सीईओमा नियुक्त गरिएको हो । सिईओमा नियुक्त हुनुअघि बैंकमा राणा डेपुटी सीईओ रहेका थिए।

सन् १९८७ देखि नेपालमा सञ्चालनमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सुरूदेखिनै कार्यरत राणाले अमेरिकाबाट एमबिए गरेका छन् । राणाले बैंकमा विभिन्न डिपार्टको नेतृत्व समेत गरेका थिए। 

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता