चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८१ कार्तिकसम्मको अवधिमा कुल २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । असोज महिना १६ अर्ब १८ करोड खुद नाफा गर्न सफल वाणिज्य बैंकहरुले कात्तिकमा ६ अर्ब नाफा थप्न सफल भएका हुन्।
जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै २ अर्ब ६९ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ११ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड तथा प्राइम कमर्शियल बैंकले १ अर्ब ६२ करोड खुद नाफा कमाएको छ। कुमारी बैंकले १ अर्ब ५९ करोड रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा गरेका छन्।
एनएमबि बैंकले १ अर्ब ४८ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब २३ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ खुद नाफा गरेका छन्।
यसैगरी नेपाल बैंक लिमिटेडले ९३ करोड ६१ लाख रुपैयाँ, हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख रुपैयाँ, सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेका छन्।
सिटिजन्स इन्टरनेशनल बैंकले ४३ करोड ८६ करोड रुपैयाँ र एनआईसी एसिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाउँदा कृषि विकास बैंक भने २२ करोड ७७ लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ।
साझा अर्थ संवाददाता