पात्रो

रेडियो

समाचार खोजी

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश दिने

साझा अर्थ संवाददाता २४ मंसिर २०८१, सोमवार

 

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले पुस १९ गते बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । 

सभा प्रयोजनका लागि पुस ३ गते बुक क्लोज गर्ने भएको छ । पुस २ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता