पात्रो

रेडियो

समाचार खोजी

नेसनल लाइफद्वारा सुदूरपश्चिमका अभिकर्तालाई सिइओ क्लब सम्मान

साझा अर्थ संवाददाता २४ मंसिर २०८१, सोमवार

 

नेसनल लाइफ इन्स्योरेन्सले सुदूर प्रदेशका अभिकर्तालाई सिइओ क्लब सदस्यबाट सम्मान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले सुदूरपश्चिमबाट सिइओ क्लबका सदस्य हुन सफल एक सय ६० भन्दा बढी अभिकर्तालाई सम्मान गरेका हुन् ।

त्यस्तै, आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । सिइओ खत्रीले उक्त प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाले सम्मान गरेका थिए ।

सिइओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्तालाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम गर्ने कम्पनीको योजनाअनुरूप मधेश प्रदेश, गण्डकी, कोशी, बागमती, लुम्बिनी र कर्णालीका अभिकर्ताहरूबिच सम्मान कार्यक्रम सम्पन्न भइसकेको र सोही क्रममा सुदूरपश्चिम प्रदेशमा सम्मान कार्यक्रम गरेको सिइओ खत्रीले बताए । समारोहमा सिइओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरले मिहिनेतको कदर भएको बताए ।

254 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ