साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार एक सय कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसदिन चाँदीको मुल्य पनि यथावत प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
साझा अर्थ संवाददाता