पात्रो

रेडियो

समाचार खोजी

आज पनि ७० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता २३ मंसिर २०८१, आइतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बोलकबोलमार्फत् २१ दिनका लागि ७० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको छ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जाने गरी ७० अर्ब बराबरसम्म कबोल गर्न पाउनेछन् । उनीहरुले आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत् कबोल गर्नुपर्नेछ ।

आज प्रशोचन गरेको रकम पुस १४ गते ब्याजसहित फिर्ता हुनेछ ।   

राष्ट्र बैंकका अनुसार निक्षेप कबोलमार्फत् खिचेको रकम हाल केन्द्रीय बैंकसँग २ खर्ब १५ अर्ब र स्थायी निक्षेप सुविधामार्फत् १ खर्ब ४६ अर्ब रुपैयाँ खिचेको छ ।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता