काठमाडौंः नेपाल पत्रकार महासंघमा काँग्रेस तथा एमाले निकट पत्रकारहरुका संगठनले गठबन्धन गरेपछि तिब्र असन्तुष्टी देखा परेको छ । संगठन भित्रका इमान्दार छवि भएकालाई गठबन्धनको नाममा उमेद्वार बन्नबाट बञ्चित गरिएपछि असन्तुष्टी देखिएको हो ।
असन्तुष्टीको सूरवात केन्द्रबाटै भएको छ । काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनबाटै विद्रोहको सुरुवात भएको हाे। युनियनका रमेश विष्टले छुट्टै प्यानल बनाएर अध्यक्षमा उमेद्वारी दिनु भएको छ ।
युनियनले प्रेस चौतारीबाट निर्मला शर्मालाई गठबन्धनले अध्यक्षमा अगाडि सारेपछि विष्टले अध्यक्षमा उमेद्वारी दिनुभएको हो । विष्टले माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको समर्थनमा प्यानल सहित उमेद्वारी दिनुभएको छ । शनिवार प्रतिवद्धता पत्र सार्वजनिक गदैै विष्ट प्यानलको घोषणा गरिएको छ । प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिँदै विष्टलाई समर्थन गर्नु एको छ । यसको प्रभाव देशैभर पर्ने विश्लेषकहरुको भनाई छ । सदस्यता शुद्दीकरणका नाममा आफू निकट गैहपत्रकारहरुको सदस्यता रिन्यु गर्ने तर सक्रिय पत्रकारहरुको नाम हटाउने , आफूले बनाएको सदस्यता शुद्दीकरण मापदण्डका विपरित एउटै प्रकृतिका सदस्य मध्ये पक्षपातपूर्ण ढंगले सदस्यता सूचि प्रकाशन गर्ने निणर्य गरेको बाला अधिकारी कार्यवाहक अध्यक्ष रहेको महासंघको निर्वाचन विष्टको उमेद्वारीसंगै रोचक बन्न पुगेको छ ।
साझा अर्थ संवाददाता