पात्रो

रेडियो

समाचार खोजी

हिन्डन एयरबेसमा शेख हसिनाको अवतरण

साझा अर्थ संवाददाता २१ साउन २०८१, सोमवार

राससः बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि-१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिनुभएको छ । 
विमानलाई भारतीय वायु सेनाको सि-१७ र सि-१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने स्रोतहरूले बताएका छन् । 
भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए ।
यद्यपि हसिना दिल्लीमा बस्नुहुन्छ वा अन्यत्र जानुहुन्छ भन्ने स्पष्ट छैन । बङ्गलादेशका मिडिया आउटलेटहरूले उहाँ लन्डन जान सक्नुहुने अनुमान गरेका छन् । 
स्रोतहरूका अनुसार बङ्गलादेशी सि-१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो । भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ ।

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता