काठमाडाैः नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिने भएकाे छ । यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै Mobile Point Of Sale (MPOS) र Namaste pay, eSewa, Khalti, IMEPay लगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेकाे नेपाल टेलिकमले जानकारी दीएकाे छ ।
कम्पनीले मङ्सिर १८) देखि आगामी पौष १७ गते सम्मका लागि MPOS रिचार्जमा बोनस समेत उपलब्ध गराएको प्रबक्ता हरि ढकालले जानकारी दिनुभयाे ।
|
S.N. |
Upon Recharge of Rupees |
Bonus (Resource) |
|
1 |
50-99 |
20 Min On-Net Voice for 3 days |
|
2 |
100-199 |
50 Min On-Net Voice for 3 days |
|
3 |
200-499 |
2 GB (Per day 1 GB for 2 days) |
|
4 |
500 & above |
8GB (Per Day 2GB for 4 days) |
ग्राहकवर्गले सहजरुपमा कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।
यसका साथै सहज तवरले अविछिन्न रुपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताहले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी 1 छनौट गरेर सापटी लिन सक्ने प्रबक्ता हरि ढकालकाे भनाइ रहेकाे छ ।
साझा अर्थ संवाददाता