काठमाडौं: सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले उहाँलाई आइतवार मुख्यमन्त्रीमा नियुक्त गनु भएको हो ।
प्रदेश प्रमुख मियाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । यसअघि आइतवार नैं बसेको कांग्रेस संसदीय दलको बैठकले दलका नेता शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निणर्य गरेको थियो । शाहले आइतवार दिउँसो दाबी पेस गर्नुभएको थियो । मुख्यमन्त्रीका लागि ५३ सदस्यीय प्रदेशसभामा २७ जना आवश्यक पर्नेमा कांग्रेस र एमालेका २९ सदस्य छन् । नागरिक उन्मुक्तिले समर्थन गर्दा मुख्यमन्त्रीको पक्षमा ३६ सदस्य पुग्दछ ।
साझा अर्थ संवाददाता