पात्रो

रेडियो

समाचार खोजी

मनकामना केबुलकारले यो बर्ष साढे १३ लाखलाई सेवा दिने

साझा अर्थ संवाददाता ९ मंसिर २०८१, आइतवार

मनकामना दर्शन प्रालि कम्पनीले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लट्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गरिसकेको छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ । 

कम्पनीले ५० करोड रुपैयाँ लगानीमा दुई महिना लगाएर केबुलकारको स्तरोन्नति गरेको थियो । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यसवरिपरिका क्षेत्र भारतलगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार केबुलकार हाताभित्र सुविधासम्पन्न रिसोर्टको निर्माण अन्तिम चरणमा पुगेको छ । रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महŒवका साथ गन्तव्य बनाउने लक्ष्य रहेको श्रेष्ठले बताए । केबुलकार सञ्चालनमा आएपछि मनकामनामा सुरुवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको श्रेष्ठको भनाइ छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको पनि उनले बताए ।

कम्पनीले मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको जनाएको छ । टिकट आम्दानीको कुल २ प्रतिशत रकम सहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि भनी बर्सेनि सहयोग गर्दै आएको छ ।

256 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ