काठमाडौंः संघिय सरकारको गृह मन्त्रालयले उपत्यकामा आइतवार सार्वजनिक बिदा दिने भएको छ । गृृहमन्त्रालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गर्दै विदा दिने निणर्य गरेको छ ।
उपत्यकामा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निणर्य भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सूचना मार्फत जानकारी दिनुु भयो । वर्षा तथा सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आइतबार भोटो जात्रा देखाइने गरिन्छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहीबार जावलाखेल पुर्याइएको थियो । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनपछि नगले दिएको मानिने भोटो देखाइन्छ ।

साझा अर्थ संवाददाता