काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ।
२.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य रु. २ लाख ९९ हजार ९०० रहेको छ।
उक्त स्कुटरको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौँ उपत्यकाका टिभिएसका ४० वटा आधिकारिक डिलरहरूमा उपलब्ध भएको छ।
कम्पनीका अनुसार यसको ब्याट्री क्षमता ९५० वाटको रहेको छ भने फास्ट चार्जिङबाट २ घण्टामा चार्ज हुनेछ। यसमा ५ इन्चको रंगीन टिएफटी स्क्रीन रहेको छ। यसको प्रतिघण्टाको टप स्पीड ७५ कि.मी रहेको छ।
सवारी दुर्घटना तथा टो अलर्ट, टर्न–बाइ–टर्न नेभिगेशन, डिस्ट्यान्स टु एम्प्टी र ३० लिटरको अन्डर सीट स्टोरेज पनि यसका अन्य विशेषताहरुको रुपमा रहेका छन्।
साझा अर्थ संवाददाता