काठमाडौं । ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन भएको छ ।
बैंकले शेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु २४१.७१ कायम गरिएको छ । यसअघि रु २५५ थियो ।
समायोजन गरिएको मूल्यबाट आइतबारदेखि नै शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।
साझा अर्थ संवाददाता