काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५० प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । गत वर्ष कम्पनीले ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साझा अर्थ संवाददाता