पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल आइएमई र प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ६ मंसिर २०८१, बिहिवार

 ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 मंसिर ९ गते आइतबार बुक क्लोज गर्ने घोषणा गरिसकेको बैंकहरुको शुक्रबार र शनिबार शेयर बजार बन्द हुने भएकाले साताको अन्तिम कारोबार दिन आजसम्म शेयरधनी बनिसक्नुपर्नेछ । 

ग्लोबल आइएमईले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको छ ।  

सभाले हाल कायम चुक्ता पुँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  

त्यस्तै, प्राइम कमर्सियलको १७औँ वार्षिक साधारणसभा साधारणसभा मंसिर १९ गते आर्मी अफिसर्स क्लबमा गर्दैछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।   

355 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता