पात्रो

रेडियो

समाचार खोजी

नेप्से ९.०९ अंकले बढेर २७११.७५ बिन्दुमा

साझा अर्थ संवाददाता ५ मंसिर २०८१, बुधवार

 


काठमाडौं। बुधबार सेयर बजारमा दिनभरी उतारचढाव देखिएको पनि अन्तिम समयमा ९.०९ अंकले बढेर २७११.७५ बिन्दुमा रोकिएको छ।  बुधबार सूचक सकरात्मक भएपनि कारोबार रकम भने घटेर   ६ अर्ब ९८ करोडमा सिमित भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल १० अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार कारोबारमा आएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

 कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, अन्य तीन कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ। 

 गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ।   आज विकास बैंक समूहमा ३.३८ प्रतिशतको वृद्धि देखिएको छ। 

यस्तै, फाइनान्स समूहको सेयर मूल्य १.६६ प्रतिशत, जलविद्युत समूहको १.२८ प्रतिशत र होटल तथा पर्यटन समूहको सेयर मूल्य ०.४५ प्रतिशतले बढेको छ।

बुधबार बैंकिङ समूहको सेयर मूल्य ०.२६ प्रतिशतले घट्दा जीवन बिमा समूहमा ०.१८ प्रतिशत र निर्जीवन बिमा समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ। 

145 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता