गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिको मंगलबार बसेको पहिलो बैठकले आगामी जेठभित्र एकता महाधिवेशन गर्ने निर्णय गरेको हो ।
संघका पूर्वअध्यक्ष शेष घले नेतृत्वको १३ सदस्यीय उच्चस्तरीय समितिमा सबै पूर्वअध्यक्ष र तीनवटा समूहका प्रतिनिधिहरू छन् । अहिले संघमा बद्री केसी, विनोद कुँवर र आरके शर्मा गरी तीन समूह छन् । एघारौँ महाधिवेशनबाट निर्वाचित बद्री केसी आफूलाई संघको आधिकारिक अध्यक्ष दाबी गर्दै निर्वाचनको विपक्षमा छन् ।
घलेको नेतृत्वमा समितिको पहिलो बैठक मंगलबार दिउँसो संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमै बस्ने तय भएको थियो । तर, केसी पक्षले असहयोग गर्दै कार्यालयमा ताला लगाएर हिँडेपछि बैठक नेपाल हाउसमा बसेको थियो । बैठकमा उच्चस्तरीय समितिको संयोजक घलेसहित डा। उपेन्द्र महतो, विनोद कुँवर, जानकी गुरुङ र रविना थापा उपस्थित थिए । त्यस्तै, देवमान हिराचन, जीवा लामिछाने, कुमार पन्त, कुल आचार्य, रामप्रसाद थापा र उमेश पुडासैनी अनलाइनमार्फत जोडिएको समितिकी सदस्य जानकी गुरुङले बताइन् । समितिका दुई सदस्यहरू भवन भट्ट र बद्री केसी बैठकमा उपस्थित भएनन् ।
साझा अर्थ संवाददाता