काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बुक क्लोजको मिति ६ दिन पछाडी सरेको छ ।
यसअघि बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने मिति तय गरेपनि अब १२ मंसिरमा गर्ने भएको छ ।
अब मंसिर ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत र नगद लाभांश ९करसहित० वितरण गर्ने निर्णय गरेको छ।
साझा अर्थ संवाददाता