काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्ष १०औं र ११औं साधारणसभा एकसाथ बोलाएको छ । यद्यपि सभामा लाभांशसम्बन्धी प्रस्ताव समावेश गरिएको छैन । साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभागमा भाग लिन पाउनेछन् ।
सभा, पुस ५ गते, अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।
साझा अर्थ संवाददाता