काठमाडौः सानिमा बैंकको २० औं साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा मंगलवार सम्पन्न भएको हो ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले संचालक समितिद्वारा प्रस्तावत गरको नगद लाभांस दिने प्रस्ताव पारित गरेको बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिनुभयो । हालको चुक्तापँुजीको ५.२६३२ प्रतिशतनगदलाभांश (कर सहित) प्रदानगर्ने प्रस्ताव साधरण सभाले पारित गरेको उहाँको भनाई रहेको छ ।
आर्थिक बर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुलनिक्षेप रु. १९९.३८ अर्ब तथाखुदकर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामानिक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको बैकले जनाएको छ ।
साझा अर्थ संवाददाता