पात्रो

रेडियो

समाचार खोजी

मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो ‘मुक्तिनाथ फाइदा एप’,

साझा अर्थ संवाददाता ४ मंसिर २०८१, मङ्गलवार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाइल बैंकिङ सेवाको स्तरवृद्धि गरी थप सेवासहितको मुक्तिनाथ फाइदा एप (डिजिटल अनुप्रयोगमा वित्तीय पहुँच) सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ फाइदा एप संचालन पछि ग्राहकहरुले मोबाइल एक फाइदा अनेक लिन सक्ने व्यवस्था गरेको छ । यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकाले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ्ग सेवा उपयोग गर्न सकिने भएको छ । ग्राहकले गर्ने सुरक्षित कारोबारको लागि सुरक्षा प्रश्नहरु राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाईस ग्राहक स्वयमको हो होईन पहिचान गर्ने जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने भएको छ ।

 

ग्राहकहरुले मोबाइल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोवार गर्न सक्नेछन् । यसका साथै अन्य थप गरिएको सुविधाहरुमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटिएम कार्ड नविकरण, इ–कर्मस कार्ड सकृय, भाषा छनोट, विदेशी मुद्रा विनियमदर, व्याजदर, कारोवारको सिमाको जानकारी, बैंकले दिने वस्तु तथा सेवाहरुको जानकारी, भेटघाटको लागि अनुरोध, कारोबार सफल नभएमा कारोबारको दाबी गर्न, बैंकले दिने बिभिन्न सुचनाहरुको जानकारी लिन, गुनासो तथा सुझाब दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न, आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरु रहेको छ ।

 
129 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ