काठमाडौं मंसिर ५ गतेसम्म कायम रहने सेयरधनीले स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांस पाउने भएका छन् । बैकले लाभांश प्रस्ताव सहित मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभा प्रयोजनका लागि यस बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।
साझा अर्थ संवाददाता