पात्रो

रेडियो

समाचार खोजी

सुनकोशीमा झोलुङ्गे पुल निर्माण सम्पन्न

साझा अर्थ संवाददाता १८ साउन २०८१, शुक्रवार

खोटाङ: हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर २ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । 
पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो । पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा ३ बाइटार र बलुई तथा साविकको डिकुवा-२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए । पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् ।

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता