पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री ओली  बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन  थाइल्याण्ड जानु हुने

साझा अर्थ संवाददाता १८ साउन २०८१, शुक्रवार

काठमाडौः  प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन  थाइल्याण्ड  जानु हुने भएको छ । बिम्सटेकको छैटौं शिखरसम्मेलनमा भाग लिने प्रधानन्त्री आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जानुहुने भएको हो । 
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन आगामी भदौ १९ र २० गते आयोजना हुँदै छ । सरकार प्रमुखको रुपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउनुहुने बताइएको छ । भ्रमणकालागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी  दिएको छ ।  बिम्स्टेकमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको थियो ।  प्रधानमन्त्री बनेपछि ओलीको यो पहिलो विदेश भ्रमण हो ।

220 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता