पात्रो

रेडियो

समाचार खोजी

प्रभु केवलकारले ३० करोडको आईपीओ निष्काशन गर्ने

साझा अर्थ संवाददाता ३ मंसिर २०८१, सोमवार

काठमाडौं । प्रभु केवलकारले ३० करोडको आईपीओ निष्काशन गर्ने भएको छ । 

यसैक्रममा प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर निष्काशन गर्न सम्र्पूण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ । यो सम्झौता भएसँगै प्रभु केवलकारको रु. ३० करोड बराबरको आईपीओ निष्काशन गर्ने कार्य अगाडि बढेको छ । 

प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडि बढेका छन् । जस मध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आईसकेको छ । उक्त केवलकारबाट छोटो समयमा नै पचहत्तर भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले यात्रा गरिसकेका छन् । 

170 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ