काठमाडौं । अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होस्पिटालिटीबीच साझेदारी भएको करिब २ महिनापछि अन्नपूर्ण स्क्वायर होटेलको शिलान्यास गरिएको छ ।
२५ तलाको संरचनासहितको होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा बन्ने छ । ३५० कोठा हुने हुने होटलमा ४० कोठा अपार्टमेन्ट हुन्छ भने होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बन्ने छ ।
दरबारमार्गको ५ तारे होटल डेल’ अन्नपूर्णलाई भत्काएर नयाँ संरचना बनाउन लागिएको छ ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठ समूहले होटलको बहुमत सेयर खरिद गरेपछि यो होटललाई अन्नपूर्ण स्क्वायर बनाएर नयाँ ब्राण्डिङ गर्दै भारतीय प्रिमियर ब्राण्ड आईसीटी वेलकम भित्र्याइएको हो ।
साझा अर्थ संवाददाता