सयपत्री हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले बैंकहरुको ऋण भुक्तानी गर्ने र दरम खोला ए जलविद्युत आयोजनाको मर्मत सुधारको लागि चुक्ता पुँजीको १स्१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।
विद्युत नियमन आयोगको सहमति लिई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी बार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।
साझा अर्थ संवाददाता