चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो चार महिनामा १८ अर्ब ६६ करोड ५१ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभिन्न दुई सय ६३ परियोजनामा सोबराबरको वैदशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।
चार महिनामा आएको लगानी प्रतिबद्धता गत आवको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १८ अर्ब ३५ करोड ४३ लाखबराबरको लगानी प्रतिबद्धता आएको थियो । गत आवभर भने ७० अर्ब दुई करोड सात लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । चालू आवमा विदेशी लगानी प्रतिबद्धता औसत देखिएको विभागको भनाइ छ । सोबराबरको विदेशी लगानी कार्यान्वयनमा आउँदा सात हजार ६ सय ६७ वटा रोजगारी सिर्जना हुने दाबी गरिएको छ । कात्तिक महिनाामा मात्रै ५९ परियोजनामा दुई अर्ब २२ करोड ३७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।
साझा अर्थ संवाददाता