आइतबार शेयर बजार परिसूचक नेप्से ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका ३२६ कम्पनीका २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता शेयर खरिद बिक्रीबाट ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय बराबरको कारोबार भएको छ। जस मध्ये ङादी ग्रुप पावरको सर्वाधिक ४५ करोड १७ लाख र समृद्धि फाइनान्सको ४१ करोड ८२ लाखको कारोबार भएको छ।
कारोबारमा आएका मध्ये उन्नति सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै अपर हेवाखोला हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशत, मान्डु हाइड्रोको शेयर मूल्य ९.७१ प्रतिशत बढेको छ।
तर, समृद्धि फाइनान्स र गुराँस लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै मकर जितुमाया सुरी हाइड्रोको शेयर मूल्य ८ प्रतिशत तथा बेस्ट फाइनान्सको शेयर मूल्य ५।०५ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका मध्ये १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको शेयर मूल्य घटेको छ।
साझा अर्थ संवाददाता