पात्रो

रेडियो

समाचार खोजी

नेपाल टेलिकम उत्कृष्ट करदाताको रुपमा सम्मानित

साझा अर्थ संवाददाता २ मंसिर २०८१, आइतवार

काठमाडौंः सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाताको रुपमा नेपाल टेलिकमलाई सम्मान गरेको छ ।  राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शनिबार कम्पनीलाई सम्मान गरिएको हो ।
गत  आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेकोले कम्पनीलाई सममान गरिएको आन्तरिक राजश्व विभागले जनाएको छ । यस्तै एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेवापत श्रुति ट्रेडर्सलाई सम्मान गरिएको छ । बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मान गरिएको छ । यसैगरी व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाहलाई सम्मान गरिएको छ । विभिन्न विधामा सबै भन्दा बढी कर तिर्ने उत्कृष्ठ करदाताहरु कर दिवसको उपल्यमा सम्मानित भएका हुन् ।

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु