पात्रो

रेडियो

समाचार खोजी

शास्त्रीय सङ्गीत साधक गुरु गुरुदेव कामतको निधन

साझा अर्थ संवाददाता १७ साउन २०८१, बिहिवार

काठमाडौँः नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व अथक संगित साधक गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहनुभएका कामत आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको थियो । 
दुई साताअघि जन्मथलो फर्किनुभएका कामतले लहानस्थित अस्पतालमा डायलासिस गराई रहनुभएको थियो । वर्तमान पुस्ताका प्राय चर्चित गायकहरुका गुरु गुरुदेब कामतको निधनले नेपाली संगित क्षेत्रले विशिष्ट साधक गुमाएको छ । दिवङ्गत कामतको श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँको अन्त्येष्टि गाउँमै गरिने बताइएको छ । शास्त्रीय सङ्गीतका गुरु कामत नेपाल-भारत दुवै तर्फ प्रख्यात हुनहुन्छ ।

255 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता