पात्रो

रेडियो

समाचार खोजी

नेप्से  १३.९५ अंकले बढेर २७४९ बिन्दुमा

साझा अर्थ संवाददाता २९ कार्तिक २०८१, बिहिवार



साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)  १३.९५ अंकले बढेर २७४९ बिन्दुमा पुगेको छ ।

 बिहीबार १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ। आज जलविद्युत् र विकास बैंक समूहमा सबैभन्दा धेरै एक प्रतिशत बढीको वृद्धि देखिएको छ। वित्त, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारमूलक समूहका परिसूचक घटेका छन्।

गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अप्पर हेवा हाइड्रोपावरको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ भने रावा इजर्नीको सेयर मूल्य सबैभन्दा धेरै ९।१२ प्रतिशतले घटेको छ। यो साता समग्रमा सेयर बजार १० प्रतिशतले बढेको छ। 

बिहीबार कारोबार भएका कुल २४४ कम्पनीमध्ये १५९ को सेयर मूल्य बढेको छ। ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

132 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता