पात्रो

रेडियो

समाचार खोजी

१५ दिनभित्र पैसा नतिरे फेरि लाइन काट्ने प्राधिकरणको चेतावनी, निकाल्यो सार्वजनिक सूचना

साझा अर्थ संवाददाता २९ कार्तिक २०८१, बिहिवार


काठमाडौं । १५ दिनभित्र बिजुलीको बक्यौता नतिरे लाइन काट्ने  चेतावनीसहित नेपाल विद्युत् प्राधिकरणको सूचना जारी गरेको छ । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूका लागि बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनीसहति विहीबार सार्वजनिक सूचना प्रकाशित गरेको हो ।


मन्त्रिपरिषद्को  बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको  बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएकोले सोही अनुसार भुक्तानी गर्न प्राधिकरणले आग्रह गरिएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

  तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने ब्यहोरा समेत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता