काठमाडौं। इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यावसायिक सेवाका लागि समझदारी भएको छ । इन्फोडेभलपर्सको ‘कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक (सीएसआर)’ प्रणाली बैंकमा लागू गर्न सम्झौता भएको हो ।
सम्झौतासँगै बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालित र सरल बनाउन सीएसआर सफ्टवेयरले सहयोग गर्ने बताइएको छ । यससम्बन्धी सम्झौतामा इन्फोडेभलपर्सका निर्देशक अर्बिन प्रधान र बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।
साझा अर्थ संवाददाता