काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः शुरु भएको छ ।
अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्षम आवेदन दिएकामध्ये तीन जनालाई मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो ।
अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई बोलाइएको छ ।
अघिल्लो समितिले अघि बढाएको अध्यक्ष छनोट प्रक्रियमा सर्टलिस्टमा परेका ५ जनामध्ये बाँकी ३ जना उम्मेदवारलाई यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतका लागि सिंहदरबार बोलाइएको थियो । तर, बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारीसहित तीनै जना उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण रोकिएको थियो ।
साझा अर्थ संवाददाता