काठमाडौं । बुधवार नेप्से परिसूचक १४ दशलमव १२ अंक घटेर दुई हजार ७३४ दशमलव ८३ विन्दुमा बन्द भएको हो । नेप्से घटेपनि कारोबार भने बढेर ७ अर्ब ९१ करोड बराबरको भएको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोड बराबरको कारोबार भएको थियो ।
बजार घटेपनि वित्त समूहको सूचकभने सबैभन्दा बढी ४ दशमलव २० प्रतिशत वृद्धि भएको छ ।
बुधवार सेन्सेटिभ इन्डेक्स १ दशमलव ०४ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ६० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ०६ प्रतिशत घटेको छ । यस दिन ३०८ धितोपत्रको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर ७७ हजार ८६१ पटकमा रू। ७ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र श्रीजनशिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य रू। ७३७ र श्रीजनशिल लघुवित्तको रू। २ हजार ५२४ दशमलव ५० कायम भएको छ ।
बुधवार सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । सो कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। २ हजार ७८९ दशमलव १० मा झरेको छ ।
साझा अर्थ संवाददाता