पात्रो

रेडियो

समाचार खोजी

ब्रोकर एशोसियसनहरु मर्ज हुदै

साझा अर्थ संवाददाता २८ कार्तिक २०८१, बुधवार



२८ कात्तिक, काठमाडौं । नेपालमा धितोपत्र कारोबार गर्दै आएका ब्रोकर कम्पनीका दुई सस्थाहरु एक आपसमा मर्ज हुने भएका छन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच बुधबार साँझ मर्जरसम्बन्धी सम्झौता हुने जनाएको छन्  । मर्जपछि बन्ने सस्थाको नाम स्टक ब्रोकर एसोसिएसन अफ नेपाल रहने भएको एक ब्रोकर कम्पनीका सञ्चालकले जानकारी दिए । उनका अनुसार दुई एसोसिएसन मर्जपछि साधारणसभाले नयाँ अध्यक्षसहितका पदाधिकारी चयन गर्नेछ ।

पहिलेदेखि नै सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीहरूको एउटा एसोसिएसन र पछिबाट सञ्चालनमा आएका ४० कम्पनीहरुको छुट्टै एसोसिएसन रहँदै आएको थियो ।

 

268 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता