काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल २ हजार १४ हजार ६४७ कित्ता शेयर बिक्रीमा राखेको छ ।
कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर विक्रीमा ल्याएको यी शेयर सो अवधिमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।
यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले १५ दिनभित्र बन्दीपुर १ डुम्रे, तनहुँमा रहेको लघुवित्तको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
साझा अर्थ संवाददाता