पात्रो

रेडियो

समाचार खोजी

धानखेत बगरमा परिणत

साझा अर्थ संवाददाता १७ साउन २०८१, बिहिवार

नुवाकोटः  नुवाकोटको  तारकेश्वर गाउँपालिका वडा नम्बर दुइको पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत गभ छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । कोशीखोलामा बुधवार  आएको  बाढी धानखेतमा पस्दा खेत बगरमा परिणत भएको हो ।
किसानले हालै मेहनतका साथ धान रोपेका खेतहरु बगरमा परिणत भएको स्थानीय किसान स्थानीय किसान आरबी नेपालले जानकारी दिनुभयो ।  उहाँका अनुसार करिब दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको धानको रोपो पुरिएको छ । बाढीको कारण खोलामा हालिएको झोलुङ्गे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै पुलबाट आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति क्षति पुगेको छ । क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गरिने तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको बताउनुभयो ।

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता