पात्रो

रेडियो

समाचार खोजी

हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी

साझा अर्थ संवाददाता २७ कार्तिक २०८१, मङ्गलवार

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको कार्तिक २६ गते सोमबार बसेकोे २३५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।  
यसअघि वित्तीय संस्थामा अध्यक्षरहि सकेका उनले हिमालयन बैंक लिमिटेडबाट बैंकिङ सेवा शुरु गरी करीब ३२ वर्ष देखि बैंकिङ क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।  
यसैगरी, यस वित्तीय संस्थाको संस्थापक सेयरधनी हिमालयन बैंक लिमिटेडको तर्फबाट सुवासनहर्ष बज्राचार्य र सरोज श्रेष्ठ समेत वित्तीय संस्थाको सञ्चालक नियुक्त भएका छन् ।  

138 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ