पात्रो

रेडियो

समाचार खोजी

बाढी पहिरोबाट परेको दाबी छिटो भुक्तानी गर्न प्राधिकरणको निर्देशन

साझा अर्थ संवाददाता २७ कार्तिक २०८१, मङ्गलवार

काठमाडौं । गत असोजको दोस्रो साता आएको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण भएको क्षति बिमा दावी स्रिघ भुक्तानी गर्न बीमा प्राधिकरणले निर्देशन दिएको छ । पटक पटक निर्देशन दिँदा पनि कम्पनीहरूले भुक्तानीमा ढिलाई गरेको भन्दै प्राधिकरणले यथाशिघ्र र प्रभावकारी पार्न निर्देशन दिएको हो ।


कम्पनीहरूले अत्यन्त न्यून संख्या र रकम भुक्तानी भएकोमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ बताएको छ । ‘बीमा दाबी सम्बन्धमा पटक–पटक प्राधिकरण र बीमकका प्रतिनिधिको उपस्थितिमा भएको छलफल तथा निर्णय अनुसार तदारुकताकासाथ क्षति मूल्याङ्कन ९सर्भे० गराई दाबी फछ्यौट कार्य प्रभावकारी बनाउनु हुन निर्देशनुसार अनुरोध छ,’ प्राधिकरणले दिएको निर्देशनमा लेखिएको छ । 

भुक्तानी प्रक्रियालाई सहज बनाउन प्रत्येक साताको बुधबार दाबी र भुक्तानीको विवरण प्राधिकरणमा बुझाउन प्राधिकरणले निर्देशन दिएको छ । बाढी आएको डेढ महिनाको अवधिमा पनि कम्पनीहरूले थोरै मात्रै भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरूले कार्तिक २० गतेसम्म ४७ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका छन् । कम्पनीहरूमा १० अर्ब ५३ करोड रुपैयाँ दाबी परेको छ ।

301 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता