काठमाण्डौ । एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य ८६२.१८ रुपैयाँ कायम भएको छ । आज यहि मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर किनबेच हुनेछ । समायोजन हुनुअघि कम्पनीकोे सेयरमूल्य प्रतिकित्ता १ हजार ३३९ रुपैयाँमा बन्द भएको थियो ।
कम्पनीले १०ः६.२६ अनुपातमा आगामी मंसिर ११ गतेदेखि उक्त परिणामको हकप्रद सेयर जारी गर्दैछ ।
साझा अर्थ संवाददाता